Logo

कर्पोरेट फोकस

साँढे ३ लाखसम्मको  छुटमा सुजुकीको दशैं तिहार योजना 



नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले असोजदेखि ११ सुरु हुने गरी दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका अक्सेसोरिजहरु निःशुल्क पाउने छन् ।

 

कुनैपनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिइ बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउने छन् । नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्वागेन र्आइग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । यो योजना सिमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १२, २०७७ सोमबार  ३ : ५१ बजे