Logo

मनोरञ्जन

गायक प्रबेश राईको ‘अनलाईन’ सार्वजनिक(भिडियो)



काठमाण्डौ । युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘अनलाईन’ सार्वजनिक भएको छ।

यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको छ।  

गीतमा शब्द संगीत समेत गायक राईको नै रहेको छ भने  गीतलाई जीआर उप्रेतीले  संगीत संयोजन गरेका हुन्। अनलाईनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसोलाई भिडियोलाई देखाइएको छ। अमेरिकामा नै छायाँकन भएको भिडियोलाई भिम लामिछानेले छायाँकन गरेका हुन् भने राजेश शाहले सम्पादन गरेका हुन्।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ।   प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक राईले सबैलाई आग्रह गरेका छन्। 

भिडियो लिंक:  

प्रकाशित मिति : १८ पुष २०७८, आईतवार ११:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।