काठमाडौं । डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप मा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा कस्टुमर केयरको सुरुवात गरेको छ ।
आफ्ना लाखौं ग्राहकको समस्यासमाधान तथा उनिहरुको जिज्ञासालाईसम्बोधन गर्नका लागि बैंकले एप मार्फत यस नवीन कार्यको थालनी गरेको छ ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टुमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको बैंकले बताएको छ ।
बैंकको एप भित्र रहेको यस कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् :
च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहकहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/मिस कल बैंकिङ्ग तथा क्यु आर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिने छ ।
बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहकहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
गुनासो टिकट : ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्रर्याकिङ समेत सजिलै गर्न सकिने छ ।
भिडियो सामग्रीहरू : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिनेछ ।
ईमेल सुविधा : ग्राहक महानुभावहरूले यस कस्टुमर केयर भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।
धेरै सोधिने प्रश्नहरू : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सकिनेछ ।
ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया