काठमाडौँ । कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना पुष्टि भएसँगै कमेडी च्याम्पेनको छायाँकन रोकिएको छ ।
व्यवस्थापन टिमा अनुसार प्रतिस्पर्धीमा कोरोना देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायाङ्कन एक साता पछाडि सार्ने निर्णय गरिएको हो।
टिमका बाँकी सदस्यको पनि परीक्षण जारी रहेको र क्वारेनटाइन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको व्यवस्थापन टिमले जनाएको छ ।
स्रोतका अनुसार कमेडी च्याम्पियन कि प्रतिस्पर्धी श्रेया सुवेदीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अघि प्रेडक्सन टिमकी सदस्य एवं नायिका केकी अधिकारीलाई समेत कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
व्यवस्थापन टिमद्वारा जारी सूचनामा भनिएको छ ‘कमेडी च्याम्पियन २ का एक प्रतियोगीमा कोरोना संक्रमण देखिएका कारण सावधानी अपनाउँदै यो हप्ता हुने टप ९ को छायांकन एक साता पछाडि सार्ने निर्णय गरिएको छ । टिमका बाँकी सदस्यको पनि परीक्षण जारी छ र क्वारेन्टिन तथा आइसोलेसनको पनि उचित व्यवस्था गरिएको छ।’















प्रतिक्रिया