रोल्पा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा पुगेर ४० वर्षअघि आफूले लेखेको कविता सम्झिएका छन् । रोल्पाको सुलिचौरमा भएको साहित्य महोत्सवको प्रमुख अतिथि बनेर गएका महराले कविता सम्झिएनन् मात्रै वाचन समेत गरे । महराले कविताको पृष्ठभूमिबारे स्मरण गर्दै सुनाए,“२०३८ सालमा नुन बोक्ने भरिएको जीवनलाई अविव्यक्त गर्नका लागि ‘हतारो’ पत्रिका प्रकाशन गरेका थियौँ , त्यतिबेला प्रमुख जिल्ला अधिकारीले तारेख लगाएका थिए, त्यो पनि विद्रोहको एउटा माध्यम थियो, उहाँको विरुद्धमा बोलेर त आज राजनीतिमा सहभागि भएर देश परिवर्तनका लागि योगदान दिन पाएका छौँ ।” ‘हतारो’ पत्रिका प्रकाशनमा किमबहादुर थापा ‘सुनिल’, खगेन्द्र विष्ट लगायतको टिमको सहभागिता रहेको महराले स्मरण गरे । उनले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै रोल्पा जिल्लाको बलिदान, त्याग, तपस्याको बारेमा लेख्न, बोल्न र प्रचार प्रवाह गर्न आग्रह गरे । मन्तव्य सक्दै गर्दा उनले त्यै २०३८ सालमा केविएमको नामबाट लेखेको ‘जनतालाई’ शीर्षकको कविता बाचन गरे ।
जनतालाई
–केविएम
उठ ए ! जनता हो !!
अझै लाटा भएर नबस, तिमीलाई यहाँ
अकालै मृत्यको खुमतिर धकेलिएको छ
तिमीलाई यहाँ आजै
तिम्रो मासुको भतेर लगाउन षडयन्त्र रचिदै छ
तिमी भनेको अझै चुव लागेर बसिरहेका छाँै
कोही निदाइरहेको छौँ
बुझ ए !
कर्म त तिमी आफै बनाउन सक्छौँ
तिमीले आफ्नो यात्रुलाई
राम्ररी चिनेर नाप्नै पर्दछ ।
उनीहरू रगत पिउनै पर्दछ
तिमीहरू थोरै छैनौ
यहाँ
उठ मात्रै
तिमी जस्ता असंख्य सर्वहाराहररूले
तिम्रा काँध मिलाएर
साथ दिने छन्
तिमीलाई !!
















प्रतिक्रिया