Logo

मनोरञ्जन

सानु महराको ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । गायिक सानु महराको स्वरमा ‘माया गर्ने मान्छे’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

विगत लामो समयदेखि नेपाली गीत–संगीतको क्षेत्रको अध्ययन गरिरहेकी सानुले पहिलो प्रस्तुतिको रुपमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

दुई वर्ष अगाडिदेखि फेसबुक पेजमा स्पन्दन नामक साहित्यिक कार्यक्रम चलाउँदै दर्शक तथा श्रोताको मन जित्न सफल सानुको उक्त गीतको भिडियो डिएआर मुभिजको च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा तुलसी बाँस्कोटाको शब्द तथा सनम पुरुष राईको संगीत रहेको छ भने रोशन वान्तवाले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा कमला नेपाली, अंकीता डाँगी, रमेश बन गोसाईं, वर्षा श्रेष्ठ र कमल विष्टको अभिनय रहेको छ । नेत्र विष्टको छायाँकन र आयुष वि.सी.को निर्देशन रहेको भिडियोको रंग संयोजन कृष्ण गौतमले गरेका छन् ।

बाँकी यो भिडियोमा हेर्नुहोस्:

प्रकाशित मिति : २५ पुष २०७८, आईतवार १२:३२   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।