Logo

समाचार

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ



जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ ।

प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका(३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका(७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो । 

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : पुष २९, २०७८ बिहीबार  ३ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।