वीरगंज । वीरगंजलाई प्रदेश राजभानी बनाउन माग गर्दै मुख्यमन्त्री राउतको घर अगाडि प्रदर्शन भएको छ । प्रदेश २ को स्थायी राजधानी वीरगंजलाई बनाउन माग गर्दै युवा विद्यार्थीहरुले आइतवार विहान प्रदर्शन गरेका हुन् ।
वीरगंजलाई राजधानी बनाउ अभियानु अन्तर्गत मुख्यमन्त्रीको घर घेराउ गर्दै प्रदर्शन गरिएको युवा तथा विद्यार्थी नेताहरुले बताएका छन् । जिल्ला समन्वय समिति पर्साबाट निस्केको जुलुशले उनको घरमा पुगेर घर घेराउ गर्दै नाराबाजी सहित प्रदर्शन गरेको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता राजेशमान सिंहको नेतृत्वमा प्रदर्शन भएको हो ।





















प्रतिक्रिया