Logo

बैंकिङ

नेपाल बैंक लिमिटेडको तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक 



नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७ ७८ को तोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसमा बैंकको खुद नाफामा १३.३१ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ९९ करोड रहेकोमा यस वर्ष बढेर २ अर्ब २६ करोड कायम भएको छ । 

बैकसँग हाल वितरणयोग्य मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९.७६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ । गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३ रुपैयाँ २६ पैसा घटेर २३ रुपैयाँ ८७ पैसामा सीमित भएको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ।

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार १३:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।