प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको खुदनाफामा ४४.०८ प्रतिशतको वृद्धि देखिएको छ ।
गत वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो नाफा ४४ प्रतिशतले बढेर २ अर्ब १० करोड रुपैयाँ कायम भएको छ ।
हाल बैंकसँग १ अर्ब ५९ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष १८.२५ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत बढेको छ भने कर्जा ३५.१२ प्रतिशत बढेको छ ।





















प्रतिक्रिया