Logo

बैंकिङ

ग्लोबल आइएमई बैंकको खुद नाफा ३२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको नाफा ३२ प्रतिशतले वृद्धि भएको छ । 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३२४० प्रतिशतले धेरै हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले सम्भावित जोखिमबापत ३२ करोड रुपैयाँ छुट्याएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १५ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी १७ प्रतिशतले बढेको छ।

हाल २१ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब ९२ करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार ११:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।