Logo

बैंकिङ

नेपाल एसबिआई बैंकको नाफामा ३८ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता?



नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०७७ ७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैंकको खुद नाफा ३८ प्रतिशतले घटेको देखिएको छ ।  

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ८७ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३८.९१ प्रतिशतले कम हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले घटेर १ अर्ब ९५ करोड रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३८ प्रतिशतले घटेको छ।

बैंकको वितरणयोग्य नाफा भने १० करोडबाट बढेर ४४ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन नै ८ प्रतिशतभन्दा धेरैले घटेको छ भने कर्जा लगानी ७ प्रतिशतले बढेको छ।

हाल ९ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ४ अर्ब ८० करोड रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँबाट घटेर १२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार १३:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।