प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्ष २०७७ ७८ को तेस्रो त्रैमासिकमा वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा बैकको नाफा ३८ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ जुन ३८.७६ प्रतिशतले धेरै हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ भने सञ्चालन नाफा पनि ३९.२८ प्रतिशतले बढेको छ।
हाल १६ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा ७ अर्ब रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।
बैंकले खराब कर्जामा पनि सुधार गर्दै ०.८६ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया