Logo

कर्पोरेट फोकस

व्यावासयी श्रेष्ठ अपहरण अभियोगमा पक्राउ



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुर्गाबहादुर श्रेष्ठ(डेबिड) लाई अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ गरेको छ ।

मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठविरुद्ध मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ ।
श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  १० : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।