Logo

पत्रपत्रिका

राष्ट्रिय सहिद तथा शान्ति स्मारकको काम वन मन्त्रालयमार्फत



काठमाण्डाैँ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ मा निर्माण भइरहेको राष्ट्रिय सहिद तथा शान्ति स्मारकको काम अब वन तथा वातावरण मन्त्रालयबाट कार्यान्वयनमा अघि बढ्ने भएको छ।

साविकमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा ०५४ मा मन्त्रालय खारेजी भएको थियाे। मैत्रालय खारेजोपछि गृह मंत्रालय हुँदै यो आयोजना सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा
भवन निर्माण विभागबाट काम सुरु भएको थियो।

०६४ मा वन मन्त्रालयबाट स्मारक निर्माणको प्रक्रिया अघि बढेकामा पछिल्लोपटक ०७६ मा वन ऐन संशोधन भएपछि फेरि वनमै आयोजना फर्किएको हो। वनमा सुरु भएका काम बनले सम्पन्न गर्ने प्रावधान संशोधित ऐनमा राखिएपछि स्मारकको काम फेरी वनमै आएकाे हाे ।

यसका लागि चालू आर्थिक वर्षमा मन्त्रालयले रु नौ करोड बजेट विनियोजन गरेको छ। ११ जेठ ०६४ को मन्त्रिपरिषद् बैठकले गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६ सय ५० रोपनी क्षेत्रफलमा राष्ट्रिय सहिद स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय योजना आयोगको १७ असार ०६५ को निर्णयअनुसार सामुदायिक वनमा स्मारक निर्माण गर्ने गुरुयोजना स्वीकृत भएको थियो । आयोगले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि बढाउने निर्णय गरी
३१ करोड बजेट व्यवस्था गरेको थियो । याे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०७:०८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।