Logo

पत्रपत्रिका

नारायणहिटी दरबार संग्रहालय आर्थिक संकटमा



काठमाण्डौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ ।

कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय अवस्थामा कार्यालय कुरेर बसेका तल्लो तहका कर्मचारीले सम्बन्धित विभागका प्रमुखलाई सोध्ने गरेका छन्– ‘हाकिम साब कहिलेबाट आउनुहन्छ रु हामीले त यो महिनाको तलब खान पाउँदैनौं कि के हो ?

पर्यटक शुल्कबाट आफैंले कमाएर खर्च गर्नेसक्ने अधिकारसहित स्थापना भएको समितिमा दुईजना मात्र उपसचिव छन् । उनीहरूलाई पनि अहिलेसम्म आर्थिक र प्रशासनिक अधिकार दिइएको छैन ।

संग्रहालयका दुईमध्ये वरिष्ठ उपसचिव अमृत महर्जनले नेपालले भन्नुभयो– ‘कार्यकारी निर्देशकको पद खाली भएकोले आर्थिक र प्रशासनिकलगायत अहिले सबै काम ठप्प छ । हामी हरेक दिनजसो मन्त्रालयमा पुगेर कार्यालय प्रमुखको व्यवस्था गरिदिन आग्रह गरिरहेका छौं । मन्त्रालयका उच्च अधिकारीले केही दिनमै प्रमुखको व्यवस्थापन गर्छौं भन्नुहन्छ तर हालसम्म अत्तोपत्तो छैन । यो आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०८:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।