नेपाली संगीतको आकासमा चम्किलो ताराहरू मध्य एक हुन एकनारायण भण्डारी । उनको संगीतले हरेक नेपालीको मुटु छुने गरेको छ ।
गीत संगीतको क्षेत्रमा फरक प्रस्तुति पस्कन माहिर भण्डारीको फरक धारको गीत “जुम्लाबाट आउनु भो मित” सार्बजनिक भएको छ । लामो समय पछी आफ्नै आवाजमा गीत बजारमा ल्याएका भण्डारीलाई यस गीतमा आकृति विश्वकर्माले स्वरमा साथ दिएकी छन् । हिमाल र पहाडलाई कथाबस्तु बनाएर तयार पारिएको म्युजिक भिडियो मा सुधिर श्रेठ, विजय पुन र सृजना जी सी ले अभिनय गरेका छन् ।
प्रशान्त मगरले कोरियोग्रराफी गरेको भिडियोलाई कुमार के सी ले निर्देशन, अजय रेग्मीले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
१६ माघ २०७८, आईतवार १७:५६




















प्रतिक्रिया