Logo

नेता बाबुराम भट्टराईले खुलामञ्चमा पुगेर खाना बाँडे



पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्।

राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी  क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई  खाना खुवाउँदै आएका छन्।

यही क्रममा भट्टराई बुधबार बिहान खाना बाँड्न पुगेका हुन्। भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्। उनीहरू बिहान साढे ९ खुलामञ्च पुगेका थिए भने दश बजेसम्म खाना बाँडेका थिए।

 

baburam in khula manch (5).jpg

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।