Logo

अचम्म

उल्टो यात्राबाटै मेची–महाकालीयात्रा



झापा । दाङ तुलसीपुर– ३ रानागाउँका ऋषि परियार उल्टो पैदल यात्रा गर्दै बिर्तामोड आइपुगेका छन् । काँकरभिट्टाबाट उल्टो पैदलयात्रा गर्दै उनी विर्तामोड आइपुगेका हुन् ।

सोमबार विहानबाट उनले मेची–महाकाली उल्टो पैदल यात्रा शुभारम्भ गरेका थिए । मेचीको पुलबाट यात्रा सुरु गरेका परियारले पहिलो दिन १८ किलोमिटर पुरा गरेका छन् । २ महिनामा महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने जानकारी दिए ।

हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाई सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन् । स्वास्थ्यका लागि पैदल यात्रा नारा दिएका परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेका हुन् ।

उनलाई स्थानीय राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, सामाजिक अभियान्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गरेका थिए ।

आज विर्तामोड आइपुगेका परियार मंगलबार विर्तामोडबाट पश्चिम लाग्ने छन् ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार १५:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।