Logo

प्रमुख समाचार

पक्राउ परेका कार्यकर्ता तत्काल रिहा नेकपाको गर्न माग



सोलुखुम्बु । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति सोलुखुम्बुले पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दे पक्राउ परेका नेताकार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको हो ।

जिल्ला सेक्रेटरी निमा शेर्पाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा–पार्टीको जिल्ला सदस्य एवम् सोताङ र महाकुलुङका इन्चार्ज माधव कुलुङ पक्राउ पर्नुलाई नेपाल सरकार संग गरिएको तीन बुदे सहमति विपरित हुने भएकाले तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रने समेत चेतावनी दिइएको छ ।

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का ९ जना विद्यार्थीहरुले सोमबार दिउँसो १ बजे कार्यालय परिसरमा यादवलाई कालोमोसो र जुत्ताको माला लगाइदिएको बताइएको छ ।

जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनःनिर्माण गर्ने क्रममा सव–इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको विद्यार्थी संगठनको दाबी रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ११:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।