Logo

प्रदेश

जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन



जनकपुर। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

उनिहरुले बृद्धी गरीएको मूल्यबृद्धी फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणा गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १६:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।