Logo

बैंकिङ

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै 



नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको कर्मचारी सूरक्षण कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको सूचना मार्फत जानकारी दिएको छ । 

बैंकले क’ वर्गका वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड रुपैयाँ गरी कूल २० करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले वैशाख २७ गते, सोमबार दिउँसो ४ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्ने जनाएको छ । 

प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार  १ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।