Logo

शिक्षा

सरकारको फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी



काठमाण्डौ । सरकारले कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरेर आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १७:३८   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।