Logo

प्रदेश

मधेश प्रदेशमा एक राज्यमन्त्री थप



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक जना राज्यमन्त्री थपेका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी)का नागेन्द्र राय यादवलाई मूख्य मन्त्रीले राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादव सत्ता गठबन्धन दलको सहमतीमा राज्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि मन्त्रालयमा राज्यमन्त्रीमा सुरेश मण्डल रहेका थिए ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी दिइएको यादवले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई आइतबार बिहान मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १३:०३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।