काठमाण्डौं । बक्स अफिसमा तहल्का मच्याएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा स् द राइज’को चर्चा अहिले पनि सेलाएको छैन ।
मूल रूपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भर्सनमा निर्माण गरिएको छ । ‘पुष्पा’मा दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दानाको मुख्य भूमिका रहेको छ । ‘पुष्पा’ चर्चाको शिखरमा पुगेपछि अभिनेत्री रश्मिकाको चर्चा पनि चुलिएको छ ।
सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि तीव्र रुपमा बढिरहेको छ । कर्नाटकमा जन्मिएकी रश्मिका पढाइमा निकै तेज थिइन् । उनले साइकोलोजीमा स्नातक गरेकी छन् । यससँगै उनले एमएस रमैया कलेजबाट पत्रकारिता र अंग्रेजी लिटरेचरमा पनि स्नातक गरेकी छन् ।
त्यही कारण उनको मुख्य रोजाई पत्रकारिता थियो । तर अभिनयमा पनि रुची राख्ने उनलाई चलचित्र क्षेत्रमा डोहोर्यायो ।
उनले कन्नड चलचित्रमार्फत रंगीन पर्दामा पाइला राखेकी हुन् । उनले सन् २०१६ मा ‘किरिक पार्टी’मार्फत चलचित्रमा डेब्यु गरेकी हुन् ।
सन् २०१६ ‘किरिक पार्टी’ सर्वाधिक कमाई गर्ने कन्नड चलचित्र बनेको थियो । अन्नपूर्ण पोस्टमा समाचार छ ।





















प्रतिक्रिया