हाम्रो समाजमा पुरुषलाई धेरैले सजिलै भनिदिन्छन्, ‘मर्दलाई सानो तिनो कुराले छुँदैन’ । तर, के साँच्चै यो कुरा सही हो त रु पुरुषहरु बाहिरबाट कठोर स्वभावको देखिए पनि उनीहरु भित्रबाट निकै नै कोमल हृदयका हुन्छन् । पुरुषहरुको जीवनशैली र स्वास्थ्यसँग जोडिएका यस्ता धेरै तथ्यहरु छन् जुन प्राय सबैलाई थाहा नहुन पनि सक्छ । तसर्थ पुरुषहरुसँग जोडिएका केही यस्ता रोचक तथ्य जुन तपाईहरुलाई थाहा नहुन पनि सक्छ । जुन थाहा पाएर अचम्मित पर्नुहुनेछ ।
-पुरुषको औसत आयु ६४/५२ वर्ष हुन्छ भने महिलाहरुको औसत आयु ६८/७६ वर्ष हुन्छ । पुरुषको औसत आयु महिलाको भन्दा कम हुन्छ ।
-महिलाहरुको भन्दा पुरुषको मस्तिस्कको आकार १० प्रतिशतले ठूलो हुन्छ तर, यसको प्रयोग पुरुषहरुले कति गर्छन् भन्नेकुरा व्यक्तिपिच्छे फरक फरक हुन सक्छ ।
-कुनै पनि काम गर्नको लागि पुरुषले आफ्नो मष्तिस्कको आधा भाग मात्रै प्रयोग गर्छन् तर, महिलाहरुले भने एकैपटक पुरा मस्तिस्कको प्रयोग गर्छन् ।
-परस्त्रीहरुलाई एक टकले हेर्नमा मात्रै एक पुरुषले आफ्नो जीवनको एक वर्ष बर्बाद गरिदिन्छन् ।
-एक महिलाले दिनभरमा औसत ३ झुट बोल्छन् भने एक पुरुषले दिनभरमा औसत ६ झुट बोल्छन् । पुरुषले महिलाहरुले भन्दा धेरै झुटो बोल्छन् ।
-ब्रेकअपपछि पुरुष धेरै दिनसम्म डिप्रेसन र तनावमा रहन्छन् तर, महिलाहरु सम्बन्धमा दरार आएपछि छिटै त्यसलाई बिर्सेर अगाडि बढ्छन् ।
-महिलाहरुले पुरुषहरुले भन्दा धेरै बोल्छन् भन्ने कुरा त सबैलाई थाहै होला । एक अध्ययनका अनुसार एक महिलाले दिनभरमा करीब ७ हजार शब्द बोल्छन् भने पुरुषले जम्मा २ हजार शब्दमात्रै बोल्छन् ।
-धेरैजसो पुरुषहरु चिकित्सककोमा चेकअप गर्न जानबाट ड’राउँछन किनभने चिकित्सककोमा जानाले उनीहरुलाई ठूलो रोग लाग्छ कि भन्ने चिन्ता हुन्छ ।
-पुरुषहरुले आफ्नो कुल उमेरको ६ महिना समय त दारी काट्ने काममा मात्रै बिताउँछन् ।





















प्रतिक्रिया