Logo

पत्रपत्रिका

विषयगत समिति गठन नै नगरी बित्यो कार्यकाल



काठमाडौं । स्थानीय तहको निर्वाचन भएको करिब पाँच वर्षमा पनि अधिकांश स्थानीय तहले विषयगत समितिको अभ्यास गर्न सकेनन् ।

स्थानीय तहका जनप्रतिनिधिले कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा रहेको गाउँरनगर सभाको विषयगत (संसदीय) समितिविना नै स्थानीय तहहरूले पाँच वर्ष गुजारेका छन् ।

स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा कार्यपालिकालाई गाउँ र नगर सभाप्रति उत्तरदायी बनाउन आवश्यकताअनुसार विषयगत समिति गठन गर्न सक्ने भन्ने उल्लेख छ ।

गाउँ र नगर सभामा विधायन समिति, विकास तथा सुशासन समिति र लेखा समिति गरी तीनवटा समिति निर्माण गर्न सक्ने व्यवस्था छ ।

स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहमा कार्यपालिकाको काममा सन्तुलन कायम गर्न गाउँरनगर सभामा तीनवटा समिति निर्माण गर्नुपर्ने भए पनि त्यस्तो विषयगत समितिको अभ्यास नभएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०६:४७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।