Logo

कर्पोरेट फोकस

लकडाउनकै बीच डेढ अर्ब लगानीमा झापामा बन्यो पाँचतारे होटल 



कोभिड संक्रमणकै बीच झापाको धुलाबारीमा पाँच तारे होटल होटल मेची क्राउन संचालनमा आएको छ । हेलिकोप्टर व्यवसायमा रहेका पवित्रकुमार कार्की, बलराम सापकोटा, मेरीगोल्ड ज्वेलरीका संचालक सुरेशमान श्रेष्ठ र निर्माण सामाग्री उद्योगमा लगानी गरिरहेको क्षमादेवी बिल्डर्स समूहको लगानी बनेको सोही होटलको बुधबारदेखि सफ्ट ओपनिङ गरिएको छ । गत अप्रिलमै उद्घाटनको तयारी गरेपनि कोभिडका कारण पछि सरेको होटलका अध्यक्ष कार्कीले बताए । उनले भने ‘हामीले चार वर्ष अघि नै होटल निर्माण थालेका थियौं। अप्रिलमा उद्घाटन गर्ने भनेर सबै तयारी थियो । सरकारले विस्तारै सबै क्षेत्र खुला गरेकाले होटल संचालनमा ल्याएका हौं’

क्यासिनोको अनुमति पाएपछि लगत्तै सम्भवतः तिहारपछि ग्राण्ड ओपनिङ गरेर पूर्णरुपमा सञ्चालनमा आउने अध्यक्ष कार्किले बताए । 

होटल भारतको नजिकै पर्ने हुँदा भारतका पर्यटकलाई लक्षित गरेर बनाइएको हा । भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दूरीमा होटल छ। भारतबाट आउने पर्यटकलाई क्यासिनोमा आकर्षित गर्ने उद्देश्यले होटल निर्माण गरिएको हो। यो होटल भद्रपुर विमानस्थलबाट जम्मा १७ किलोमिटर दूरीमा छ। साथै बंगलादेशसमेत नजिकै पर्ने हुँदा पर्यटक तान्न सकिने प्रवल विस्वास रहेको छ । 

चार वर्ष अघि नै होटल निर्माण थालिएको थियो । होटल आठ विघा जग्गामा डेढ अर्ब लगानीमा निमार्ण भएको हो । होटलको व्यवस्थापन द पिक हस्पिटालिटीले गरेको छ। 
सुविधाहरुः 

१ सय ५ कोठा युक्त उक्त होटलमा निजी हेलिप्याड राख्ने ठाउँ,  ५ सयभन्दा बढी सवारी साधन पार्किङ गर्ने सुविधा छ। पाँच वटा मेची सुइट्स, १० वटा एक्जुकेटिभ भिल्ला, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छ।

साथै विवाह, बैठक, सम्मेलन, सेमिनार आदिका लागि पनि पर्याप्त सुविधायुक्त स्पेस रहेको छ ।  होटलमा दुई वटा रेष्टुरेन्ट छन्। होटल तथा क्यासिनो पुर्ण रूपमा संचालन भएपछि करिब नौ सय नेपाली प्रत्यक्ष रोजगार पाउनेछन् । होटलमा बेसक्याम्प रेष्टुरेन्ट र मेचेबार छ।

कंचनजंघा बलरुममा ३०० जनालाई राउन्ड टेबलमा आरामदायी रूपमा बस्न मिल्ने  होटलले जनाएको छ। होटलमा १ हजार पाँच सय जनासम्म अटाउने रिसेप्सन हल रहेको छ । 

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १२ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।