Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका(४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका(९ च्यामासिंहबाट पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।