भदौमा ८५ अर्ब हाराहारीमा विप्रेषण भित्रिएको छ । अघिल्लो महिनामा ९२ अर्ब ७१ करोड विप्रेषण भित्रिएकोमा भदौमा भने खुम्चिएको हो । यकिन तथ्यांक आउन बाँकी रहे पनि भदौमा साउनको भन्दा घटेर विप्रेषण आएको नेपाल रेमिटर्स एशोसिएशनको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
मुलुकमा सामान्य अवस्थामा मासिक औसत रू। ७३ अर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ ।
चालू आवको दुई महिनामा गत आवको सोही अवधिको तुलनामा भने विप्रेषण आप्रवाह बढेको थियो । गत आवको पहिलो दुई महिनामा १ खर्ब ५३ अर्ब विप्रेषण भित्रिएकोमा चालू आवको यसै अवधिमा १ खर्ब ७७ अर्ब अर्बको हाराहारीमा विप्रेषण आएको देखिएको छ, जुन १५ दशमलव ५९ प्रतिशत बढी हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत चैतमा ३४ अर्ब र वैशाखमा ५४ अर्ब विप्रेषण आएको थियो । त्यसयता जेठदेखि भने बढेको देखिन्छ, जसअनुसार जेठमा ९४ अर्ब, असारमा १ खर्ब १ अर्ब साउनमा ९२ अर्ब ७१ करोड र भदौमा ८५ अर्ब (प्रारम्भिक तथ्यांकअनुसार) विप्रेषण भित्रिएको छ ।
प्रतिक्रिया