Logo

प्रमुख समाचार

सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न मन्त्री श्रेष्ठको नापी विभागलाई निर्देशन



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिनु भएको छ ।

नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकुल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिदै जनताले अनुभूति गर्नेगरी काम गर्नु पर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले २०७२ को विनासकारी भूकम्पका कारणले क्जषत भएका नियन्त्रण विन्दुहरुलाई प्रतिस्थापन गर्नेगरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरु स्थापना गरी परिशुद्ध नापनक्सा गर्नको लागि विभागले काम गर्नु पर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बतए ।

राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृतिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रिया प्रणालीमा लैजानु पर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १६:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।