लेखनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भनेत यो शहरको डेरामा…’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको आफ्नै आधिकारिक यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्क मार्फत सार्वजनिक गरिएको हो ।
फुलारा लिट्रेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी. फुलारा पि.सि.को संयुक्त सहकार्यमा निर्माण भएको हो । गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ.., कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो..’ जस्ता कारुणीक गीतहरु सार्वजनिक भइसकेका छन् । युवा गीतकार फुलाराले भने ‘अहिलेको बिषम परिस्थिति र बिश्वभरी आक्रान्तभइ फैलिएको (कोभिड १९) को महामारीको चपेटामा परि कष्टकर जीवन बिताइरहेका आम नागरिक तथा मुलुक वा मुलुक बाहिर सपनाको संसार सजाउन हिंडेका युवापिढी जो शहरका डेरामा बसी क्रुरता जीवन भोगिरहेका छन् त्यस्तो जनजीवनलाई लक्षित गरि गीत मार्फत उजागर गरेको छु ।’
















प्रतिक्रिया