Logo

प्रमुख समाचार

MCC मुर्दावाद !



सडकमा आक्रोस छ,

आगोको लप्का छ,

पानीको फोहरा छ,

लाठी र बुठको प्रहशन छ,

ढुंगाको वर्षा छ,

अश्रुग्यासको वर्षा छ,

गोलीको वर्षा छ,

दलमा छलफल जारी छ,

बालुवाटारमा बैठक जारी छ,

सरकारमा सहमती छ,

संसदमा टेबुल भा’छ,

गठवन्धन सरकार छ,

पांच दल मिलेका छन्,

पांच मन मिलेका छन्,

पक्ष जोडले भन्छ,

MCC पास हुन्छ,

विपक्ष तोडले भन्छ,

MCC पास हुन्न ?

अव MCC के हुन्छ ?

—————————————

पक्ष भन्छ- जनता भेडा बाख्रा हुन् !

विपक्ष भन्छ- जनताको आक्रोश हो ?

सडकको भीड – लहै लहै हो !

नेता नै रनभुल्लमै ।

दल

नेता सांसद- मौका परस्त अभिव्यक्ति

एन.जि.ओ.-दालभात नुनको जोहो

बुध्दिजिवीको राय-दृष्टि एक नजर अनेक

परराष्ट्रनिती फेल

देशभित्र कुटनिती पास

यस्तै यस्तै छ घनचक्कर

तैपनि

अव MCC के हुन्छ ?

————————————

सडकमा भट्याउदैछन्,

MCC चाहिदैन,

५५ अर्ब चाहिदैन,

डलर खेती चाहिदैन

सडक नेता हाई हाई

MCC बाई बाई

प्रहरी दमन मुर्दावाद ?

दुइजिब्रे नेता मुर्दावाद ?

राष्ट्रघाती मुर्दावाद ?

साम्राज्यवादी मुर्दावाद ?

राष्ट्रवादी जिन्दाबाद ?

नेपाल सरकार मुर्दावाद,

तैपनि भन्दैछन्

सरकार पक्ष

MCC पास हुन्छ !

सरकार भित्रकै विपक्ष

MCC पास हुन्न !

प्रतिपक्ष हेरौला ?

सरकार नै भन्छ सरकार जिन्दाबाद ।

सरकार नै भन्छ सरकार मुर्दावाद ।

अव MCC के हुन्छ ?

———————————————

सुन्दर पन्त

नागार्जुन-१० काठमाडौ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ०७:३०   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।