Logo

बैंकिङ

अब मुद्दती खाता नविकरण इमेलबाटै



नेपाल बैंकर्स संघले कोभिड १९ को जोखिम कायमै रहेकाले घरबाटै बैंकिङ कारोबार गर्न अनुरोध गरेको छ।

संघले आइतबार विज्ञप्ती जारी गर्दै मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत् एक खाताबाट अर्कोमा रकम ट्रान्सफर, खाताको ब्यालेन्स हेर्ने, बिल भुक्तानीलगायतका कार्यहरु विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ।

संघले सामान खरिद गर्दा उपलब्ध भएसम्म एटीएम कार्डको प्रयोग वा क्यूआर कोडबाट भुक्तानी गर्दै नगद कारोबार कम गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ।  

यस्तै, ग्राहकहरुको सहजताका निम्ति निषेधाज्ञा अबधिभर मुद्दती खाता नविकरणसमेत सम्बन्धित बैंकलाई इमेल गरेर नविकरण गराउन सकिने संघले जनाएको छ। कुनै परिस्थितिवस इमेत गर्न नसकेमा निषेधाज्ञा समाप्त भएको सात दिन पछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागु हुने गरि नविकरण गर्न सकिने बताइएको छ। 

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आईतवार १६:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।