Logo

बैंकिङ

कोभिड विरुद्धको लडाईमा मेगा बैंकको साथ



कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले साथ दिएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको हो ।

सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशक मदन आचार्यले जानकारी दिए । १० बेडका लागि ३ लाख ५० हजार रुपैयाँ बैंकले सहयोग गर्नेछ । बैंकका प्रमोटर तथा लायन्स डिष्ट्रिक्टका पूर्व गभर्नर धनराज आचार्यको पहलमा सहयोग प्राप्त हुन लागेको हो ।

लेखनाथ नगरपालिकाको भवनमा सञ्चालन हुन लागेको हस्पिटलका लागि विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०९:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।