Logo

कर्पोरेट फोकस

एनसीसी बैंकका ग्राहकलाई सुमेरु सिटी हस्पिटलमा १० प्रतिशत छुट



नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकहरुलाई थप सेवासुविधा दिने गरी ललितपुरको सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ ।

सम्झौतामार्फत् बैंकका ग्राहकहरुले सुमेरु सिटी अस्पतालमा बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट बिल भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपीरकोलोनोस्कोपी, युएसजीरइसीजीरसीटी स्क्यानरपीएफटीलगायत अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यसैगरी, एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसेपाटीबीच पनि सम्झौता भएको छ। अप्टिकलले बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्दा अप्टिकल्स सामाग्रीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट दिने बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार १३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।