काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले साहित्यले बौद्धिकतामा निखार ल्याउने बताएका छन् । सुदूपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित साहित्य महोत्सव अन्तर्गको ‘राजनीतिमा साहित्य र बौद्धिकता विषयक’ बहसमा नेता महरले साहित्य कल्पना सिल हुने भएकाले त्यसले चेतनाको स्तरमा बृद्धि गर्ने बताए ।
‘साहित्यले समाज लेख्छ । राजनीति समाजका लागि हो । समाज बुझ्न साहित्य पढ्नुपर्छ । संस्कृति र इतिहास बुझ्न साहित्यकारले लेखेका पुस्तक पढ्नुपर्छ । जसले हाम्रो बौद्धिकतामा निखार ल्याउँछ,’ उनले भने ।
राजनीति र साहित्यले कल्पना गर्ने भएकाले त्यसले बौद्धिकतामा प्रभाव पार्ने महरले बताए । ‘कल्पना गर्ने मान्छेले समाजका विभिन्न आयामका बारेमा चिन्तन गर्छन् । उक्त चिन्तनले बौद्धिकताको विकास गर्छ । साहित्यकार चिन्तनशील भएकैले बौद्धिक पनि हुन्छन्,’ उनले भने । उनले बिपी साहित्यमा अब्बल भएको बताए ।
बिपी साहित्य र राजनीति दुबैका कुसल चिन्तक भएको बताउँदै नेता महरले त्यसैको प्रतिफल स्वरुप आज बिपी अमर हुन पुगेको बताए । साहित्य र बौद्धिकताको नङ–मासुको जस्तो सम्बन्ध रहेको उनी बताउँछन् । उनले अहिले मूल राजनीति सम्हाल्ने नेतामा बौद्धिकताको खडेरी रहेको समेत टिप्पणी गरेका छन् ।
एमसीसी माथिको बबन्डर र अरुण तेस्रो फेल हुनुलगायका कुराले पनि केही नेपाली नेताको अदुरदर्सी चिन्तन प्रस्ट भएको बताए । उनले कुसल राजनीतिज्ञले सधैँ बौद्धिक चिन्तनको प्रयोग गर्नू पर्ने बताएका छन् । ‘देशभित्र बौद्धिक क्षेंमता भएका व्यक्ति हुन्छन् । कुनै नेतामा सबै क्षेत्रको ज्ञान हुँदैन । तर, उसले देशमा रहेका बौद्धिक व्यक्तिहरूको बौद्धिकताको सदुपयोग गर्नूपर्छ,’ नेता महरले भने ।
नेपालमा राजनीतिले बौद्धिक व्यक्तिलाई सत्रुवत ठान्ने भएकाले त्यो प्रवृतिको अन्तय हुनुपर्ने समेत उनी बताउँछन् । उनले बौद्धिक टिप्पणीलाई सुझावको रुपमा लिएर जनअपेक्षा अनुसार नेताहरूले काम गर्नूपर्ने अहिलेको अपरिहार्य रहेको बताए । ‘राजनीति गर्ने मान्छेले कसैलाई सत्रुवत दृष्टिले हेर्नु हुँदैन । सबैलाई समान रुपमा हेर्नुपर्छ,’ उनले भने । उनले अहिलेको राजनीति भीडबाट निर्देशित भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् ।
राजनीति भीडबाट नभएर जनमतबाट निर्देशित हुनुपर्ने महरको भनाई छ । बौद्धिकताको अभावका कारण यस्तो अवस्थाको सिर्जना भइरहेको उनले बताए । उनले सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल साहित्य समाजले यस्ता कार्यक्रमको आयोजना गर्दै विभिन्न बहसमार्फत समाजमा बौद्धिकताको बृद्धिमा टेवा पुग्ने काम गरिरहेको समेत बताए । समाजमा यस्तै खाले कार्यक्रम भए पनि सकरात्मक सन्देश र ऊर्जा प्रवाह हुने उनी बताउँछन् ।
















प्रतिक्रिया