Logo

प्रमुख समाचार

दक्ष जनशक्ति उत्पादन गर्न सङ्कल्प गरौँ : शिक्षा मन्त्री पौडेल



बाँके । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक र निजी शिक्षण संस्थाले सङ्कल्प गर्नुपर्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा चलिरहेको सातौँ महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सरकारको ३० प्रतिशत व्यय भार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्ने बताउँदै उहाँले संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

शिक्षालाई व्यवस्थित गरी उत्पादित जनशक्तिलाई अनुशासनयुक्त बनाउन सके बिग्रिँदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने भन्दै मन्त्री पौडेलले मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने र बन्दै गरेका ऐन शिक्षामैत्री बन्ने बताए ।

५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमा लागेको बताउँदै मन्त्री पौडेलले सात सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्‍याउने लक्ष्य रहेको बताए ।

आजदेखि सुरु भएको सातौँ महाधिवेशनले भोलि सोमवार नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापना भएको संस्था अहिले ४७ जिल्लामा फैलिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १७:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।