चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४५ अर्ब बढी राजस्व संकलन भएको छ । पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्मा ४५ अर्ब ७८ करोड १० लाख मात्र राजस्व उठेको छ । जुन गत आवको तुलनामा २४ प्रतिशतको कमी हो । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउन र भदौ महिनामा ६० अर्ब ३४ करोड २३ लाख राजस्व असुली भएको थियो ।
आवको पहिलो महिना साउनमा रू. २१ अर्ब ८७ करोड ६० लाख राजस्व संकलन भएको छ । भदौमा भने साउनको तुलनामा राजस्व असुली बढेको छ । गत महिना २३ अर्ब ९० करोड ५० लाख राजस्व उठेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
मुलकबाट हुने वैदेशिक व्यापारमा कमी आउँदा यसको असर राजस्व संकलनमा पनि परेको हो । कोरोना महामारीका कारण आयात घटेकाले राजस्व संकलन खुम्चिएको विभागले बताएको छ । मुलुकमा सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, ग्यास, सवारीसाधन तथा यसका पार्टपुर्जा लगायतको मागमा आएको कमी आयात प्रभावित भएको छ । परिमाणमस्वरूप राजस्व समेत उल्लेख्य मात्रामा घटेको देखिन्छ ।
प्रतिक्रिया