Logo

प्रमुख समाचार

माधव नेपालले झलनाथलाई यति सम्म भन्न भ्याए !



नेकपा एकीकृत समाजवादी पार्टिमा अमेरिकी सहायता परियोजना एमसीसीमाथिको विबाद सतहमा आएको छ ।

२५ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सोमबार बसेको पोलिटब्युरो बैठकमा सम्मानित नेता झलनाथ खनालको आलोचना भएको छ । एमसीसीमा पार्टी नीति विपरितको भूमिका खेलेको भन्दै अध्यक्ष माधव नेपालले समेत खनालको आलोचना गरेका छन् ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निर्णय नेकपा (एस) ले गरेको भए पनि खनालले त्यसमा फरक मत राखेका थिए । खनालले संसदको रोष्टममै उभिएर एमसीसी देशका लागि घात भएको भन्दै त्यो पारित गर्न नहुने पक्षमा आफ्ना भनाइ राखेका थिए ।

एमसीसीका नाममा पार्टी विभाजन गर्न खोजेको भन्दै अन्य नेताहरुले पनि खनालको आलोचना गरेका छन् । अध्यक्ष नेपालले एमसीसीमा पार्टीको नीति विपरित किन बोलेको भन्दै खनालको आलोचना गरेका थिए ।

एमसीसी आफूहरुले पास नगरेको भएपनि कांग्रेसले एमालेको साथ लिएर पास गर्ने भन्दै नेपालले आफूहरुले गलत नगरेको बताएका थिए ।

‘एमसीसी हामीले पास नगरेको भए कांग्रेसले केपी ओलीसँग मिलेर पास गर्थ्यो । उनीहरुले गर्दा ठिक, हामीले गर्दा बेठिक हुन्छ ?’ एमसीसीमा खनालको भूमि ठिक नभएको अध्यक्ष नेपालको भनाइ थियो । ‘यो बेला हामीले ठिक गर्‍यौं भन्नुपर्नेमा तपाईंको भूमिका ठिक भएन,’ नेपालले भनेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १९:१६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।