Logo

डा. केसीको आन्दोलन प्रति पूर्व राष्ट्रपति यादवको ऐक्वद्धता



चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसेका डाक्टर गोविन्द केसीका माग प्रति पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले ऐक्वद्धता जनाएका छन् । शुक्रबार अनशनरत डा. केसीलालाई भेटेर पूर्व राष्ट्रपति यादवले केसीको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

भेटमा पूर्वराष्टपति यादवले डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेकोमा चिन्ता व्यक्त गर्दै उनका मागबारे सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

उनले देशको अमूल्य सम्पत्ति डाक्टर केसीको जीवन रक्षाको माग समेत गरे । उपचारमा खटिएका चिकित्सकले केसीको स्वास्थ्य गम्भीर बन्दै गएको पूर्व राष्ट्रपतिलाई बताएका छन् ।

विश्व अहिंसा दिवस पनि रहेको सन्दर्भ उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको बताए ।

नागरिकले सर्वसुलभ उपचार पाउनुपर्ने र त्यसका लागि मेडिकल शिक्षामा सुधार हुनु पर्ने डाक्टर केसीको माग छ । यसअघि केसीसँग सरकारले सहमति पनि गरेको छ । तर ती सहमति कार्यान्वयन भएका छैनन् ।

त्यसैले सम्झौता कार्यान्वयनमा केसीले जोड दिदै अाएका भए पनि सरकारले भने उनका माग प्रति कुनै चासाे देखाएकाे छैन् । 

 
 

प्रकाशित मिति : आश्विन १६, २०७७ शुक्रबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।