Logo

अन्तर्राष्ट्रिय

राजधानी किभ नजिकै पुग्यो रुसी सेना



किभ । रुसी सेनाले युक्रेनको उत्तर पश्चिममा तीव्र हमला गरेको विवरण सार्वजनिक भएको छ । रुसी फौज राजधानी किभबाट केबल २५ किलोमिटरको दूरीमा रहेका छन् । 

पश्चिममा लिभभदेखि सुमीको उत्तर पूर्व क्षेत्रसम्म रुसी सेनाहरू अगाडि बढ्दा युक्रेनका अन्य धेरै शहरहरूमा रातभर साइरनहरू सुनिएको बताइएको छ । दक्षिणी सहर मारिओपोलमा रुसी सेनाले सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ लैजान पुनःः अवरोध गरेको युक्रेनी सेनाले आरोप लगाएको छ ।

युक्रेनमा रुसले २४ फेब्रुवरीदेखि हमला गरिरहेको छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १४:५३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।