Logo

साहित्य

एच.के. धितालका तीन मुक्तक



मुक्तक – १

गाउँको छोरो पढ्नु पढ्यो जिउको छाला गयो
लोकसेवा पास गरि बिज्ञान प्रयोगशाला  गयो
भ्रष्टाचार नगर्ने सोझो कर्मचारी भएका कारण 
उ जानू पर्ने थियो भन्सार,मन्त्रीको साला गयो

मुक्तक – २

कोहि मर्नु पर्दैन पैसाको बाधकमा सुन्दै थिए
गरिबिका कारण मर्यो,अनाहकमा सुन्दै थिए
हेलिकप्टर चढेर आएको बिरामी पनि बाचेन
जसरी नि बाच्छन पैसावाला,सडकमा सुन्दै थिए 

मुक्तक ३

डा. साब पीडा घटाउने औंषधी भएजति, दिन पाए पनि   हुन्थियो
लौन आफुले फेर्ने सास उनलाई अलिकती, दिन पाए पनि हुन्थियो
छ्ट्पटाउदै गहभरी आँशु पारी मलाई  हेर्छिन घरीघरी, म के गरु?
बरु थोरै बिष दिए शान्त हुन्थिन मेरि श्रीमती, दिन पाए पनि हुन्थियो

मुक्तककार 

एच के धिताल
टोखा न.पा. १,झोर, काठमाडौ 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।