Logo

३ छोरी र १ छोरासहित आमालाई खोलाले बगायो



बाजुराको हिमाली गाउँपालिका–५ कवाडी गाउँका एकै परिवारका ५ जनालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थानीय ३० वर्षकी सत्ता नेपाली उनका ३ छोरी र १ छोरासहित खोलामा बगेकी हुन् ।

उनीहरुलाई नुहाउने क्रममा खोलाले बगाएको प्रहरीको भनाइ छ । सत्ता नेपाली उनका १, ४ र ५ वर्षकी छोरी र २ वर्षका छोरासहित ३ बजेतिर नुहाउन घरबाट निस्कीएकी थिइन् । बिछिया प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरुको खोजीका कार्य गरिरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : ३६ बजे