Logo

साहित्य

त्यो पर्दैन हि हि हि – कविता



प्रिया,
प्रिया मध्यरात भयो
म के गरु त ?
मलाई त लाज लाग्छ
लाज मान्नु पर्ने के छ र
कहिले तिमी
कहिले म
पालै पालो,
निर्वस्त्र भैसक्यौ ।
“त्यो पर्दैन”
फुकाल्न
हि हि …. हि हि …
******

जगतले थाहा पाईसके
राजनिती- लाजनिती
संसद-सभासद
मन्त्री- प्रधानमन्त्री
बालुवाटार-शीतलनिवास
घनचक्कर
धारा १ २ ३ ४ 
धारा पांच नि ?
मिलेर मध्यरातमा खोलौला,
अहिले
“त्यो पर्दैन”
धारा खोल्न
हि हि…..हि हि….
********

प्रिय,
फायर खोलौ
प्रिया, खोल
मध्यरात मै
उम् …
उज्यालोमा लाज हुन्छ
कुन धारा खोलौ
धारा सात
संविधान च्यात्नु पर्छ कि ?
“त्यो पर्दैन”
हि हि…..हि हि….
———————
सुन्दर पन्त
नागार्जुन-१०, काठमाण्डौ 

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ०९:१८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।