अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेका थिए ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन् । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य रहेकाे रुसले बताएकाे हाे ।
रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले भनेका छन्, ‘देशको प्रमुखका लागि गरिएको यस्तो टिप्पणी अक्षम्य र माफीयोग्य हुने छैन, त्यसमाथि जसको बलमा सयौँ हजार मानिसको ज्यान लिएको छ विश्वभरमा उसबाट यस्तो टिप्पणी आउनु स्वीकार्य हुँदैन ।’
बाइडेनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।





















प्रतिक्रिया