Logo

प्रमुख समाचार

शक्ति राष्ट्रको पोल्टामा मेरो देशको स्वाभिमान



जुन बेला राजनीतिक स्थायित्व र देशको समृद्धिको कुरा भइरहेछ त्यही बेला किन राजतन्त्र पुनस्र्थापनाको चर्चा चल्न थालेको छ ? यो नेपालको दुर्भाग्य हो कि बाध्यताले निर्धारण गरेको बाटो हो ? नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ मान्यता, नयाँ आकांक्षाहरूले मानिसलाई डाहोहयाउनुपर्ने बेला किन तिनको विकल्पको चर्चा, सम्भावना खोजी र संघर्ष गर्ने वातावरण बनिरहेको छ ? यसको एउटै कारण हो– वर्तमान राज्यव्यवस्था र विधिबाट जनता सन्तुष्ट छैनन् ।

राजा ज्ञानेन्द्रले शासन सत्ता सुरु गर्नेबित्तिकै राजतन्त्रै फाल्ने कुरा चलेको थिएन। तर जब उनले शक्ति र सत्ता आफूमा केन्द्रित गर्दै गए तब मात्र राजतन्त्र विवादमा आएको थियो, गणतन्त्रको नारा लाग्न थालेको थियो । आज त्यही इतिहास दोहोरिन थालेको देखिन्छ । जति–जति मुलुकलाई सत्ता र शक्ति आफूमा केन्द्रित गर्दै लगेका छन्, उति–उति नेतागण विवादमा पर्दै गएका छन् । सत्ता र शक्ति सदुपयोग गर्न सकियो भने यो कुनै समस्या बन्दैन । तर जब यसको दुरुपयोग हुन थाल्छ तब यो चुनौती बन्न थाल्छ । आजको स्थिति यस्तै देखिएको छ ।

एउटा कुशल र दूरदर्शी शासकमा हुनुपर्ने गुण मध्ये राष्ट्रप्रेम सबैभन्दा महत्वपूर्ण हुन्छ । तर पछिल्लो केही समय यता नेपालका कुंनै पनि राजनीतिक दल र सरकारको नेतृत्व गरिरहेका नेतृत्वकर्तामा यसको झिल्कोसंम्म भेटिदैन ।

आफूले अंगालेका विदेशी बिचारधारा र आफ्नो दलमा ’राष्ट्रीयता’ खोज्नेहरुले गाउँ गाऊमा सिंहदरवार पुर्याउने बहानामा संघीयता अघि सारेर राजनीतिलाई व्यवसायिकारण गरी भ्रस्टाचारलाई संस्थागत गर्ने काम भो त्यसो त पराधीन सोच अनि परिचालित मानशिकताले ग्रसित राजनीतिक दल र तिनका अदूरदर्शी नेतृत्वका कारण आज स्वतन्त्र अभिभाज्य देशको नेपाली स्वाभिमान आज शक्ति राष्ट्रहरुको पोल्टामा लम्पसार परेको छ ।

एक देश २ सम्प्रभुता, निर्देशित राजकीय सत्तता, न्यायलय माथिको राजनीतिकारण,जनबिरोधी व्यवस्थापिका, भ्रष्ट कार्यपालिका यी सबैका सूत्राधार अहिलेका ठूला राजनीतिक दल र यिंनले अवलम्बन गर्ने विदेशी प्रतिपादित सिद्धान्त सँगै पराधिन सोच हो । तसर्थ तुलनात्मक हिसाबले हेर्ने हो भने हिजोको राज्यव्यवस्था र दलगत स्वार्थले जकडिएको आजको मुलुकमा समग्रको प्रतिनिधित्व हुने सम्पूर्ण जात जाती भाषाभाषी लिंग वर्ग,धर्म सम्प्रदाय इत्यादिको एकताको केन्द्रका रुपमा राष्ट्रिय एकताको प्रतिक शाहवंशीय राजसंस्था आजको अनिवार्य आवश्यकता बनेको छ ।

भूपरिवेष्ठित राष्ट्रको भौगोलिक आवस्यकता र जनभावना विपरीत गएर आफू निकट राष्ट्रलाई खुसी पार्न गरिएका अदूरदर्शी निर्णय र आसमान सन्धी सम्झौताका कारण भविष्यमा देशले गम्भीर संकटको सामना गर्नुपर्ने निश्चित छ । जसको ज्वलन्त उदाहरण संसदमा व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको एमसीसी सम्झौता हो जून देश र जनताको हित विपरीत मात्र होइन, नेपालको संविधान र राष्ट्रले अवलम्बन गर्ने परराष्ट्रनीति समेतको विरुद्दमा छ । जून देशको आर्थिक समृद्धि र जनताको सर्वोपरि हितका निमित्त भन्दै हिजो गरिएका गण्डकी, महाकाली, टनकपुर ,बाह्रः बुँदे दिल्ली सम्झौताजस्ता आसमान सन्धि सम्झौता भन्दा पनि घातक छ ।

श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहबाट भौगोलिक र शाहवंशीय राजाहरुबाट भएको भावनात्मक एकीकरणलाई विदेशी शक्ति र स्वार्थले अत्यन्त कमजोर पारिसक्यो । आफूलाई गणतन्त्रका हिमायती समझ्नेहरुले नेपाली नेपाली बिचको र राष्ट्रिय एकता र आपसी सद्भावमा बारम्बार खेल्ने काम गरे ।

विभिन्न बहानामा व्यक्ति र समुदाय ,र सम्प्रदायको पहिचान, स्वतन्त्रता खोज्दा खोज्दै हाम्रो राष्ट्रिय पहिचान र स्वतन्त्रता गुमिसकेको छ । राष्ट्रवादी देशभक्त शक्तिहरू सँच्चीकै पृथ्वी नारायण शाहलाई मान्छौं भने उनको पथ अर्थात पृथिवीपथमा हिड्न सक्नु पर्छ ।भारतीय बिस्तारवादको बिरुद्दमा सुरङ्ग युध्द लड्ने भन्दै हजारौँ सोझासाझा नेपाली दाजुभाइ दिदीबहिनीलाई बली चढ़ाएर सत्तामा पुगेको कथित माओवादी नेताको धारणा आउँदैन त !

सत्तापक्ष र प्रतिपक्ष भएर एकले अर्कोलाई आलोचना गर्ने होइन देश र जनताको सर्वाङ्गगिण हितका निमित्त एकढिक्का भएर विदेशी शक्तिका सामु आफ्नो शक्ति संचय गर्न सक्नु पर्छ ।

रूसमा स्टालिनले हत्या गरेर गाडेको ठाउँबाट पनि रूसी सम्राट्हरूको हाडखुर ल्याएर फेरि सम्मानसहित ७० वर्षपछि सद्गत गरियो । यिनीहरूलाई राष्ट्रिय सम्मान प्रदान गरियो । अर्थात् परम्परागत चिन्तन या संस्थालाई समय सापेक्षित ढंगले राष्ट्रिय र सांस्कृतिक एकताको लागि उपयोग गर्न सक्नु कमजोरी नभएर राष्ट्र निर्माणको क्रममा बुद्धिमानी र अग्रगमन हुन आउँछ ।

यस परिवेशमा संविधानको परिधि र जनताको अनुगमन सुनिश्चित गरी राजसंस्थाको राष्ट्रिय चरित्र उपयोग गर्नु के बुद्धिमानी होइन र ? अतः हामीले गणतन्त्र या राजासहितको प्रजातन्त्र होइन, जनताको अनुगमनमा रहेको राजसंस्थासहितको प्रजातन्त्रपट्टि लाग्नु नेपालको राष्ट्रियताको जगेर्ना गर्नु जरुरी छ ।

तसर्थ दलगत स्वार्थले जकडि़एको मुलुक को वर्तमान अवस्थामा देशको रास्ट्रियता, नेपाली स्वाधीनता, भौगोलिक अखण्डता, सम्प्रभुता, धार्मिक सहिष्णुता, जातीय एवं सामाजिक सद्भाव राष्ट्रीय एकता, सर्बभौमिकता, अटल स्वाभिमान एवं देशको बिकास र बृहतर हितका निमित्त राष्ट्रिय एकताका प्रतिकका रुपमा अभिभावकीय राजसंस्था आजको प्रमुख आवश्यकता हो ।

अन्त्यमा

विदेशी सिद्धान्त एवम् विचारधारा अंगालेका राजनीतिक दल र आफ्नो दलमा मात्र राष्ट्रियता खोज्ने अदूरदर्शी शासकहरूबाट समग्र देश र जनताको सर्वोपरी हित सम्भव छैन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १५:०५   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।