Logo

अचम्म

१० वर्षअघि हिमानी शाहले ‘नाइटो’ छेडेको तस्बिर भाइरल !



फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले १० वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको एउटा तस्बिर कैद गर्‍यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अवरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए ।

मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्‍यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि देखियो ।

सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा भयो । अनेकथरी प्रतिक्रिया आए । कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह त्यो बेला रिसाएको बताइन्छ  । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले भने कुनै प्रतिक्रिया जनाइनन् ।

१० वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । उनि पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छन् । उनको मिडिया तथा सामाजिक सञ्‍जालमा चर्चा पनि निकै हुने गर्छ ।

‘नाइटो’को पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । पछिल्लो समय नायिका सुष्मा कार्कीले नाइटो छड्दै गरेको भिडियो पनि निकै भाइरल बनेको छ।

Himani_ShAH.jpg

(फोटो पत्रकार राजेन्द्र मानन्धरले खिचेको १० वर्ष पुरानो तस्बिर) 

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।