प्रिय तिमी ऋषि राम कट्टेल बन्नु,
म सर्वोच्च अदालत बनौँला,
तिम्रो र मेरो मिलनको फैसला म आफ्नैँ कलमले कोर्नेछु,
तर प्रिय तिमी के पी नबन्नु, म प्रचण्ड बन्दिन,
तिमी महन्थ नबन्नु, म बाबुराम बन्दिन,
तिमी कमल नबन्नु, म राजेन्द्र बन्दिन,
तिमी बामदेव नबन्नु, म सि पि बन्दिन,
यदि बनियो भने त यो सारा समाज तिम्रो र मेरो बिछोडमा रमनेछ,
त्यसैले प्रिय, तिमी ऋषि राम कट्टेल बन्नु,
म सर्वोच्छ अदालत बनौँला।
प्रिय तिमी मिरा कुमारी बन्नु, म पैतृक सम्पती बनौँला,
तिमी मलाई पाउन, सारा समाजसगँ भिडिदिनु,
म मुलुकी देवानी संहिताको २०५ बनेर, तिम्रो बन्नेछु।
तर प्रिय तिमी गोदावरी मार्बल भने नबन्नु,
यहाँ हजारौँ सुर्यप्रसादहरु छन, तिम्रो र मेरो सम्बन्धमा प्रश्न उठाउने,
त्यसैले प्रिय तिमी मिरा बन्नु, म तिम्रो पैतृक सम्पती बनौँला।
प्रिय, तिमी गोविन्द नेपाल बन्नु, म दोहोरो खतरा बिरुद्दको सिद्धान्त बन्नेछु,
यहाँ थुप्रै सुर्य टोव्याकोहरु छन,तिम्रो र मेरो मायामा आँखा लगाउने,
त्यसैले म मुलुकी फैजदारी संहिताको दफा ९ बनेर, तिमीलाई आफ्नो बनाउने छु,
प्रिय तिमी गोविन्द नेपाल बन्नु, म दोहोरो खतरा बिरुद्दको सिद्धान्त बन्नेछु।
प्रिय, तिमी इन्दिरा बन्नु, म अब्दुल फतेह मुसलमान बन्नेछु,
तिम्रो मायामा ज्यान दिन तयार थिए,
तर यहाँ अदालत छ, जसले तिम्रो र मेरो मायालाइ पागलपन भनेर नयाँ नजिर बनाउने छ,
प्रिय तिम्रो र मेरो मायाको नजिर नै सहि,
तर यसले हाम्रो माया consent as defense मा पढ्न बाध्य बनाउछँ,
त्यसैले तिमी इन्दिरा बन्नु, म अब्दुल फतेह मुसलमान बन्नेछु।
















प्रतिक्रिया