Logo

समाचार

विश्वका २५ मास्टरपिस सिनेमा, जसले बनाए इतिहास



कतिपय सिनेमा यस्ता हुन्छन्, जसले इतिहास बनाउँछ । यस्ता सर्वकालिन सिनेमाहरु युगौं युगसम्म अजम्बरी हुन्छन् । सिनेमाले भनेको कथा, बनाएको संरचना र गरेको प्रयोगले यस्ता सिनेमालाई सधै जिउँदो राख्छ । यहाँ त्यस्तै २५ सिनेमाबारे बताइएको छ ।

२५. ताइवानी फिल्म ‘यी यी’

सबैभन्दा पहिला कुरा गरौं फिल्म, यी यी को । यो एक ताइवानी र जापानी फिल्म ड्रामा हो । यसमा आम जिन्दगीको हरेक पक्ष समेटिएका छन् ।

यस फिल्मका निर्देशक हुन् थे एडवर्क योंग । येंगले सामाजिक र राजनीतिक पक्षलाई एक सूत्रमा पेश गरेका छन् । यो फिल्म उनको करियरको सुप्रीम मास्टरपीस भनिन्छ ।

२४. रुसी फिल्म ‘ब्याटलशिप पोटेमकिन’

रुसको क्रान्तिलाई लिएर थुप्रै फिल्म बने । यद्यपि सर्जेई आइस्टाइनको फिल्म ‘ब्याटलशिप पोटेमकिन’ले सबैलाई उछिनेको छ । यसलाई सोभियत सिनेमाका किर्तिमान भनिन्छ । यो फिल्म ९० बर्षभन्दा अघि बनेको थियो । यद्यपि प्राविधिक हिसाबले पनि त्यसबेलाका सर्वोत्कृष्ट फिल्म मानिन्छ यसलाई ।

यो फिल्म सोभियत संघमा सन् १९०५ भएको बिद्रोहमाथि केन्द्रित छ । यो मूक फिल्म हो । जबकि यसले दर्शकमा गहिरो छाप छाड्न सफल भयो ।

यो नै पहिलो फिल्म थियो, जसमा सबैभन्दा पहिला मोन्टाजको प्रयोग भएको थियो । यसैले त सर्जेई आइन्स्टाइनलाई ‘फादर अफ मोन्टाज’ भनिन्छ ।

२३. फ्रान्सिसी फिल्म ‘द प्याशन अफ जोन अफ आर्क’

फिल्म ‘द प्याशन आफ जोन अफ आर्क’ सिनेम्याटोग्राफीको भाषा बखान गर्ने उत्कृष्ट दस्तावेज हो । यो फ्रेन्च जवानमाथि बनेको श्यामश्वेत मुक फिल्म हो । यसलाई निर्देशक कार्ल थियोडोर ड्रियरको करियरकै सर्वोत्कृष्ट फिल्म भनिन्छ । यो फिल्म फ्रेमिङका लागि चर्चित छ । फिल्ममा सबै पात्रको भाव एक एक फ्रेममा एकदमै सुन्दर ढंगले उतारिएको छ ।

२२. स्पेनको ‘पान्स ल्याबरिथिङ’

विद्रोह, क्रान्ति र गृहयुद्धमाथि विश्वमा अनगिन्ती फिल्म बनेका छन् । यद्यपि स्पेनको गृहयुद्धलाई ‘पान्स ल्याबरिथिङ’ले जसरी देखाएको छ, त्यो अद्भूत र असाधरण छ ।

यही फिल्मले निर्देशक गुलेर्मो डेल टोरोलाई एक सेलिब्रेटी निर्देशक बनाइदियो । यसमा श्रीमान र श्रीमतिको सम्बन्धलाई पेचिलो ढंगले देखाइएको छ । तर, जब कलह सुरु हुन्छ यसले बाल मनोविज्ञानमा गहिरो असर गर्छ ।

२१. इरानी फिल्म ‘सेपरेशन’

मानविय सम्बन्धलाई इरानी निर्देशक अगसर फरहादीले एकदमै कुशलतापूर्वक पेश गरेका छन्, फिल्म द सेपरेशनमा ।

यो फिल्मले ईरानी मध्यम वर्गको दैनिक जिन्दगीको उतारचढाव देखाउँछ । फिल्म सन् २०११ मा प्रदर्शनमा आएको थियो ।

२०. रुसी फिल्म ‘द मिरर’

जीवन–यात्रको ज्यादै सुन्दर स्मृति र मृत्युको सत्यताको बखान गर्ने यो फिल्म आफ्ना जमानाको अद्वितिय फिल्म हो । यो फिल्म सन् १९७५ मा रुसम ाबनेको थियो । यसलाई आन्द्रेई तार्कोेवस्कीले निर्देशन गरेका थिए । फिल्ममा निर्देशक पिता र कवि आर्सने तार्कोवस्कीले आफैले लेखेको कविता पढेका छन् । फिल्ममा निर्देशक आन्द्रेईले स–सना भूमिका पनि निर्वाह गरेका छन् । यो फिल्म रुसी र स्पेनिश दुई भाषामा बनेको थियो ।

१९. द ब्याटल अफ अल्जियर्स

‘द ब्याटल अफ अल्जियर्स’ सन् १९६६ मा बनेको एक क्रान्तिकारी फिल्म हो । यो फिल्म साम्राज्यवादलाई कैद र त्यसलाई स्वयम् स्वतन्त्र गराउनका लागि भएको लडाईको वयान गर्छ । यो फिल्म आजपनि उत्तिकै सान्दर्भिक छ, जति सन् १९६६ मा थियो ।

१८. अ सिटी अफ स्याडनेस

‘अ सिटी आफ स्याडनेस’ ह्यू स्याओ साइनको एक ऐतिहासिक फिल्म हो, जसले ताइवानको अन्धकार कालखण्डको चिरफार गर्छ । सन् १९४२ मा ताइवानमा हजारौं मान्छे मारिएको थियो र मार्शल ल घोषणा गरिएको थियो । त्यही बेलाको पीडालाई निर्देशकले फिल्ममार्फत देखाएका छन् ।

१७. आगुइरे – द वर्थ अफ गर्ड

सन् १९७२ मा सार्वजनिक भएको यस जर्मन फिल्मलाई टाइम म्यागजिनले सय सर्वश्रेष्ठ फिल्ममा सूचिकृत गरेको थियो ।

१६. जर्मन फिल्म ‘मेट्रोपोलिस’

साइन्स फिक्सनले अक्सर भविष्यभन्दा वर्तमानको सत्यतालाई बढी प्रभावकारी ढंगले पेश गर्छ । अतः यसको उत्कृष्ट दस्तावेज हो, जर्मन साइन्स फिक्सन ‘मेट्रोपोलिस’ ।

यसलाई फ्रिट्स लाङले । यस फिल्मले मान्छेलाई यस्तो दुनियाको भ्रमण गराउँछ, जसलाई आजसम्म कसैले देखेको थिएनन् । यसपछि बनेका अधिकांश साइन्स फिक्सन फिल्म यही फिल्मबाट प्रभावित थियो ।

१५. पाथेर पञ्चाली

भारतिय सिनेमाले सधै श्रद्धा गर्ने निर्देशक हो, सत्याजीत रे । उनले नै भारतिय फिल्मलाई विश्वमा चिनाए । ‘पाथेर पञ्चाली’ सत्याजीत रेको सर्वकालिन फिल्म हो ।

१४. महिलामा आधारित फिल्म ‘जीन डायलम्यान’

महिलामा आधारित यो पहिलो फिल्म हो, जसलाई मास्टरपीस मानिन्छ । यो फिल्म सन् १९७५ मा सार्वजनिक भएको थियो । यसलाई निर्देशन गरेका थिए बेल्जियन फिल्ममेकर शेन्टल एकरमेनले ।

१३. जर्मन फिल्म ‘एम’

सन् १९३१ मा निर्माण भएको फिल्म ‘एम’ एक सिरियल किलरको कथा हो, जसलाई थ्रिलर फिल्मको गेम चेन्जर मानिन्छ । फ्रिट्ज लेगले निर्देशन गरेको फिल्म थियो यो । उनको करियरको पहिलो ध्वानीयुक्त फिल्म पनि ।

१२. चिनियाँ फिल्म ‘फेयरवेल माई कनक्यूबीन’

‘फेयरवेल माई कनक्यूबीन’ एक चिनिया ड्रामा फिल्म हो, जसले सन् १९२५ देखि १९७७ को चिनिया इतिहास दर्शाउँछ ।

चेन कैगले यसलाई निर्देशन गरेका थिए । यो फिल्म चिनिया साहित्याकार लिलियन लीको एक उपन्यासमा आधारित छ ।

११. फ्रान्सिसी फिल्म ‘ब्रेथलेस’

सन् १९६० मा प्रदर्शनमा आएको फिल्म ब्रदलेसलाई न्यु बेव क्राइम ड्रामा फिल्म भनिन्छ । यो फिल्म निदेृशक ज्यां ल्यूक लुक गोडार्डको पहिलो फिचर फिल्म थियो । बोल्ड सिनको बावजुत यस फिल्मले अन्तर्राष्ट्रिय स्तरमा निकै ख्याती कमायो । जम्पकटको उत्कृष्ट प्रयोग भएको यो एक नमुना फिल्म हो ।

१०. इटलीको फिल्म ‘ला डोल्चे विटा’

‘ला डोल्चे विटा’लाई इटेलियन फिल्मको मास्टरपिस भनिन्छ । यो फिल्म इटलीको पहिचान र यसको ऐतिहासिक विरासतमा केन्द्रित छ ।

९. कोरियाली फिल्म ‘द मुड फर लभ’

‘द मुड फर लभ’ एक कोरियन लभ स्टोरी फिल्म हो । फिल्मको कथाले दुई छिमेकीबीचको सम्बन्धमा फन्को लगाउँछ । एक महिला जो छिमेकीकी श्रीमानसँग प्रेम गर्छिन् । उनीहरु भावनात्मक रुपले एकअर्कामा डुब्दै गएपछि आउने उतारचढाव फिल्ममा देखाइएको छ । यो फिल्मको कथा त साधारण छ । तर, सन् २०१६ मा यस फिल्मलाई एक्काइसौं सताब्दीको दोस्रो सर्वोत्कृष्ट फिल्म भनियो ।

८. फ्रान्सिसी फिल्म ‘द ४०० ब्लोज’

द ४०० ब्लोज फ्रेन्च न्यु वेब सिनेमाको उत्कृष्ट फिल्म हो । यो फिल्मलाई फ्रान्स्वा ट्रुफाल्टले निर्देशन गरेका हुन् । यो उनको करियरको पहिलो फिल्म थियो । फिल्म एक १४ बर्षका यस्ता किशोरको कथा हो, जो विद्रोह मुडका छन् । र, उनको विद्रोह स्वयम् आमाबुवा र शिक्षकसँग छ । फिल्ममा बढ्दो उमेरको बच्चाको समाज र आफ्ना साइनो सम्बन्धवीच हुने अवरोधलाई उत्कृष्ट ढंगले देखाइएको छ ।

७. इटली फिल्म ‘८–१\२’

यो फिल्म इटलियन यथार्थवादी कमेडियन ड्रामा फिल्म हो । यसलाई फ्रेडरिको फेलिनीले निर्देशन गरेका छन् ।

६. साइकोलोजिकल ड्रामा फिल्म ‘परसोना’

परसोना साइकोलोजिकल ड्रामा फिल्म हो, जसलाई स्विडेनमा सन् १९६६ मा इंगमार बर्गमेनले बनाएका थिए । यो फिल्मको कथा एल्मा नामकी नर्स र उनको बिरामीको सम्बन्धको हो ।

५. फ्रान्सिसी फिल्म द रुल अफ गेम

द रुल अफ द गेम फिल्म फ्रेन्च कमेडी ड्रामा हो । यो फिल्म सन् १९३९ म बनेको थियो । यसलाई ज्यां रेनायले निर्देशन गरेका हुन् । दोस्रो विश्वयुद्ध सुरु हुनुअघि फ्रान्सको समृद्ध समाजको कथा यसमा पेश गरिएको छ । यो फिल्म आफ्नो जमानाको सर्वाधिक महंगो फिल्म मानिन्छ ।

४. जापानी फिल्म ‘रशोमोन’

यो फिल्मलाई जापानको अहिलेसम्मकै उत्कृष्ट फिल्म मानिन्छ । कतिपयको भनाई के छ भने यही फिल्मले नै जापानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनारी दिलायो । यो फिल्म जासुसीको प्लटमा आधारित छ ।

३. जापानी फिल्म ‘टोकियो स्टोरी’

टोकियो स्टोरी जापानी ड्रामा फिल्म हो । यसलाई सन् १९५३ मा यसुजिरो ओजूले बनाएका थिए । फिल्म एक प्रौड जोडीको हो, जाु आफ्ना बच्चासँग भेट्न टोकियो पुग्छन् । रमाइलो त के भने यो फिल् एक अमेरिकी फिल्मको कथामा आधारित छ ।

२. बाइसाइकल थिब्स्

बाइसाइकल थिब्सलाई सर्वकालिन क्लासिक फिल्म भनिन्छ । यो फिल्म भिटोरिया द सिकाको जिन्दगीकै सवैभन्दा राम्रो फिल्म हो । फिल्म निर्माणमा रुची राख्नेहरुका लागि यो फिल्म आफैमा एक खुला पाठ पनि हो । फिल्मले इटलीमा दोस्रो विश्वयुद्धपछिको अवस्थालाई चित्रण गर्छ ।

१. सेभेन समुराई

विश्वका शीर्ष २५ फिल्मको सूचीमा यो अग्रपंक्तिमा छ । सेभेन समुराई जापानी फिल्म हो । टेलिफोटो लेन्सको प्रयोग सबैभन्दा पहिले यसमा भएको थियो । एक्सन फिल्मको जगतमा यसले एक नयाँ राजमार्ग निर्माण गरिदियो । बिबिसी

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  २ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।